१५ वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

309 पटक पढिएको

काठमाडौं, असार ३० ।  पन्ध्र वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपालले पहिलो खेल माल्दिभ्ससँग साउन ६ गते खेल्नेछ । प्रतियोगिता अन्तर्गतको पहिलो खेल भने बंगलादेश र श्रीलंकाबिच साउन ३ गते हुने दक्षिण एसियाली फुटबल संगठन साफले जनाएको छ ।
त्यस्तै नेपालको दोस्रो खेल भारतसँग साउन ८ गते हुनेछ । नेपाल रहेको समूह बीमा भारत र माल्दिभ्स छ भने समूह ए मा बंगलादेश, भुटान र श्रीलंका छन् । दुबै समूहबाट शिर्ष दुई स्थानमा रहने देश सेमिफाइनल प्रवेश गर्नेछन् ।

कमेन्ट गर्नुहोस्