कैलालीको धनगढीमा राष्ट्रिय शैक्षिक मेला सुरु

192 पटक पढिएको

लोकेश धामी

धनगढी, असार ३१ ।  कैलालीको धनगढीमा आज देखि राष्ट्रिय शैक्षिक मेला सुरु हुँदै छ । यस क्षेत्रका स्थानीयलाई विदेशी तथा स्वदेशी शिक्षाको बारेमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो ।

बिजनेश प्लस टेलिभिजन, माउन्टेन टेलिभजन र भक्ति दर्शन टेलिभिजनको संयुक्त आयोजनामा हुन लागेको मेलामा शैक्षिक विषयमा बृहत अन्तरक्रिया गरिने जनाइएको छ । मुलुक संघीयतामा गइसकेकाले अब बन्ने शिक्षा नीति कस्तो प्रकारको हुने विषयमा शैक्षिकविद सहितको सहभागितामा व्यापक छलफल गरिने मेलाका कार्यकारी निर्देशक डम्मर शाहुले बताए । उनले छलफलमा नेपाल सरकार, शिक्षा मन्त्रालय, विज्ञ, शिक्षा क्षेत्रका नीति निर्माता लगायतको सहभागिता रहने उल्लेख गरे ।

असार ३१ र साउन १ गते गरी दुई दिनसम्म सञ्चालन हुने मेलामा विश्व विद्यालय तथा विभिन्न कलेजहरुका गरी ३० वटा स्टल रहने जनाइएको छ । प्रवेश निःशुल्क रहेको मेलाको अवलोकन विद्यार्थी तथा अभिभावक गरी पाँच हजारले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  निजी विद्यालयहरु बिना अनुमति कक्षा थप्छन्