युएईविरुद्ध उत्रिँदै नेपाल

402 पटक पढिएको

काठमाडौं, असार ३१ । २३ वर्षमुनिको एसियन च्याम्पियनसिप छनोट फुटबल खेल्न युएई पुगेको नेपाली टोलीले उद्घाटन खेलमा शनिबार घरेलु टोलीविरुद्ध खेल्दैछ ।

राजुकाजी शाक्यको प्रमुख प्रशिक्षण र विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाल र युएईबीचको खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ । नेपाली टोली बिहीबारै युएई पुगिसकेको छ ।

छनोट चरणमा नेपालले युएईका साथै उज्वेकिस्तान र लेबनानसँग खेल्नेछ । चार टोली सम्मिलित यो समूहबाट शीर्ष स्थानमा रहने टोली युथ एसियन च्याम्पियनसिपका लागि सोझै छनोट हुनेछ भने दोस्रो हुने टोलीको उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरण पुग्ने सम्भावना कायमै रहनेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  नेपाल र बंगलादेशबीच आज मैत्रिपूर्ण भलिबल खेल हुँदै