सरकारसँग सम्बन्धन खारेजीको माग

202 पटक पढिएको

काठमाडौं, असार ३१ । चिकित्सा क्षेत्रसँग आवद्ध विभिन्न दशवटा संस्थाले युनिभर्सल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरकारसंग माग गरेका छन् ।

योग्यताक्रम र लब्धाङ्कका आधारमा भर्ना गर्न सरकारले दिएको निर्देशनलाई अवज्ञा गरी कलेजले भर्ना कार्य अगाडि बढाएको तथा विद्यार्थीलाई शीर्षक नखुलाई विभिन्न शीर्षकमा शुल्क लिने र कागजमा सही गराउने कार्य गरेकाले भन्दै सम्बन्धन खोरेज गर्न माग गरिएका हुन् ।

डाक्टर्स सोसाइटी अफ नेपाल, सरकारी चिकित्सक सङ्घ, राष्ट्रिय चिकित्सक सङ्घ, रेजिडेन्ट एसोसिएसन अफ नेपाल, नेसनल रेजिडेन्ट एसोसिएसनलगायतका संस्थाले यस्तो माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्