जंगली च्याउ खाँदा चार विरामी

सोलुखुम्बु, असार ३१ । सोलुखुम्बुमा विषालु जंगली च्याउ खाँदा चार जना गम्भीर बिरामी भएका छन्।

सोलु दुधकुण्ड नगरपालिका–३ तामाखानीमा विषयुक्त जंगली च्याउ पोलेर खाँदा उनीहरु बिरामी भएका हुन्। च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक छ।

बिरामी भएका तीन जना प्राथमिक स्वस्थ्य चौकी तामाखानीमा उपचारपछि घर फर्किसकेका छन्। भने नवराज राईको अवस्था भने चिन्ताजनक रहेको छ । उनीहरुले शुक्रबार दिउँसो करिब १२ बजेतिर च्याउ पोलेर खाएका थिए।

कमेन्ट गर्नुहोस्