यू–२३ च्याम्पियनसिप छनोट खेलमा नेपालको फराकिलो हार

422 पटक पढिएको

काठमाडौं, असार ३१ । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएइसँग पराजित भएको छ ।

शनिबार साँझ भएको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ५–० को फराकिलो गोल अन्तरले पराजित भएको हो ।

युएईको तेह्नान विन मोहमद रंगशालामा भएको खेलमा नेपाल सुरुदेखि नै युएईका अगाडि कमजोर देखिएको थियो । कमजोर डिफेन्सका कारण नेपाल पहिलो हाफमै युएईसँग ४ – ० ले पछि परेको थियो ।

नेपालले दोस्रो हाफमा थप एक गोल खान पुग्यो । खेलको ७१ औं मिनेटमा नेपालका सुमन लामाले गरेको गोललाई रेफ्रीले अफसाइड दिएको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल युएईले ५ – ० ले जित्यो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  युएईमा चालीस संघसस्थाले संयुक्त बुद्ध जयन्ती मनाउँदै