नबोदित साहित्यिक वाचनालयको नेतृत्वमा कार्की

131 पटक पढिएको

दीलिप पराजुली,दोहा

नवोदित साहित्यिक वाचनालयको कतारमा सम्पन्न नवौं अधिवेशनले लेख कार्कीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा ईश्वर शाही, द्वितीय उपाध्यक्षमा टीका खड्का, मोवाइल पुस्तकालय संयोजक दीप मिलन, महासचिवमा दिलीप पराजुली र राजन लामा सचिवमा निर्बिरोध निर्वा्चित भएका छन् भने ईश्वर राई कोषाध्यक्ष बनेका छन् । त्यस्तै चक्र कार्की सह कोषाध्यक्षमा निर्विरोध भएका छन् त्यस्तै गरी सदस्यहरुमा रुप रसाइली, शेखर बस्नेत, बसन्त भुजेल, सन्तोष अधिकारी, जनकराज सापकोटा, तिलु शर्मा, बिन्दा लामा, लिलानाथ घिमिरे र दीप प्रदिप कुमार चयन भएका छन् ।

दोहाको टपफम रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त कार्यक्रम सस्थाका अध्यक्ष सिताराम ।थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अनेसास कतार च्याप्टर का अध्यक्ष तिर्थ संगम राईको प्रमुख आथित्यता रहेको थियो भने दोहामा स्थापित राजनीतिक तथा सामाजिक सस्थाको प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो्र । सस्थाका अहिले सम्मका डबलीका बिशिस्ट श्रोता हरुको पनि बाक्लो उपस्थिति रहेको थियो । भानुभक्तको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन, रास्ट्रिय गान बाट शुरु गरिएको उक्त कार्यक्रम सस्थाका प्रथम उपाध्यक्ष लेख कार्कीले सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा सचिब द्दुरा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सस्थाका महासचिब दीप मिलनले संचालन गरेका थिए ।

कतारमा सम्झीए आदिकवि भानुभक्त लाई
आदिकवि भानुभक्त आचार्यको २०३ औ जन्मजयन्ति कतारमा रहेका साहित्य प्रेमीहरुले एक कार्यक्रमका बिच मनाएका छन् । अन्तर्रा्ष्टिय नेपाली साहित्य समाज, कतार र नबोदित साहित्यिक वाचनालयले सस्थाको नबौ अधिवेशन र भानु जयन्ती एकैपटक पारि कार्यक्रम सम्पन्न गरेका हुन । कार्यक्रममा डेड दर्जन भन्दा बढी सर्जकहरुले आफ्नो रचना पस्किएका थिए । त्यस्तै गरी हरेक दुइ दुइ बर्षमा प्रदान गरिने नबोदित कृति अवार्डका लागि यो पटक छनौटमा परेका ६ वटा कृतिहरु क्रमश, खोटाङका गजल संग्रह, नियमा, पिडा मे परदेश ओला, क्रेजी लब र इन्द्रेणी मध्ये नियात्रा संग्रह “ओला” ले बिजेता पाएकोछ । नबोदित अवाड पाएकोले कृतिका लेखक नियात्राकार बिनोद खड्कालाई खादा, अवार्ड सिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्