६८० विद्यार्थीलाई सौर्य टुकी वितरण

237 पटक पढिएको

कञ्चनपुर, साउन १ । कञ्चनपुर जिल्लाका ३६ विद्यालयमा अध्ययनरत ६८० विद्यार्थीलाई निःशुल्करुपमा सौर्य टुकी वितरण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय र जिल्ला समन्वय समिति, कञ्चनपुरको समन्वयमा शिक्षाका लागि उज्यालो कार्यक्रमअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत सीमान्तकृत, दलित, आर्थिक विपन्नता भएका छात्रछात्रालाई सौर्य टुकी वितरण गरिएको हो ।

बेलौरी नगरपालिका क्षेत्रका ६ विद्यालयका १२६, भीमदत्तनगरपालिका ३ विद्यालयका ७८, पुनर्वास नगरपालिका २ विद्यालयका ८४, महाकाली नगरपालिका २ विद्यालयका १८१, लालझाडी गाउँपालिका ३ विद्यालयका ५ जना विद्यार्थीलाई सौर्य टुकी वितरण गरिएको हो ।

त्यसैगरी, बेदकोट नगरपालिका ३ विद्यालयका ३८, कृष्णपुर नगरपालिका ६ विद्यालयका ११८, बेलडाँडी गाउँपालिका ३ विद्यालयका ६९ र शुक्लाफाँटा नगरपालिका २ विद्यालयका २८ गरी ६८० बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बेलौरीमा दशौं हजारको जुलुससहित मनोनयन (भिडियो)