अचम्मः फेल भएकाहरुलाई मात्रै भर्ना पाइने कलेज

615 पटक पढिएको

काठमाडौं, हामीकहाँ कलेज भर्ना गर्न चटारो छ । जिपिए सबैभन्दा धेरै ल्याउने विद्यार्थीको खोजीमा छन् कलेजहरु । तर सपनाको संसार मानिने अमेरिकामा भने एउटा अचम्मको कलेज छ । यहाँ पास भएका विद्यार्थीहरु भर्ना पाउँदैनन् । फेल भएकाहरुको मात्रै यहाँ भर्ना लिइन्छ ।

यो साँचो समाचार हो । अमेरिकाको स्मिथ कलेजमा फेल भएका विद्यार्थीहरुका लागि मात्रै विशेष कोसै
सञ्चालन हुने गरेको छ । म्यासाच्यूसेट विश्वविद्यालयका सहयोगमा यो कोर्स सञ्चालन भइरहेको हो ।

कोर्सको उद्देश्य फेल हुने विद्यार्थीहरुमा उत्पन्न हुने चिन्ता र अनिश्चयको अवस्था अन्त्य गर्दै उनीहरुलाई सक्षम बनाउनु हो । यो कोर्समा भर्ना हुन तपाई कहाँ कसरी फेल हुनु भएको हो, त्यो बताउनु पर्छ । पढाइमा मात्रै नभएर, सम्बन्धमा, जागिरमा, अन्तर्वार्तामा, या जीवनका अरु कुनै पनि क्षणमा र क्षेत्रमा तपाई फेल हुनु भएको छ भने यो कलेज तपाईका लागि विशेष महत्वको छ ।

यो कोर्सप्रति अहिले निकै ठूलो आकर्षण देखिएको छ । विशेष कक्षाहरुमार्फत फेल हुनेहरुलाई सकारात्मक सोच प्रदान गर्ने कोर्षमा भर्ना हुनेको ताँती लागेको मिडिया समाचारहरुमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ट्राफिक जामले सताएपछि पौडी खेलेर अफिस जान्छन् यी युवा