२२.८९ करोड बराबरको आइपीओ निश्कासन हुँदै

263 पटक पढिएको

काठमाण्डौ । सीईडीबी हाइड्रोपावरले २२.८९ करोड बराबरको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि ५.२८ करोड र सर्वसाधारणका लागि १७.६१ करोड रुपैयाँ बराबरको सेयरको प्राथमिक निश्कासन गर्न १ सय रुपैयाँ दरका कुल २२ लाख ८९ हजार ३ सय कित्ता आइपीओ निश्कासनको माग गरेको हो ।

 

याे  कम्पनीले ४.४ मेगावाटको राधी जलविद्युत आयोजना, ४ मेगावाटको खुदी जलविद्युत आयोजना र १८३ किलोवाट क्षमताको साङ्गे जलविद्युत आयोजना संचालन गरिरहेको छ । यसका साथै  दोलखा जिल्लामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना, लमजुंगमा १०.३ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना,  रुकुममा ५ मेगावाटको रुकम गाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सरकारकै छैन डिम्याट खाता