सम्झौता कार्यान्वयनको माग गर्दै आंशिक प्राध्यापक आन्दोलनमा

1345 पटक पढिएको

काठमाडौं, साउन १ । नेपाल आंशिक प्राध्यापक संघले विगतमा सरकारसंग भएको सम्झौता कार्यान्वयनको माग गर्दै त्रिविमा तालाबन्दी गरेको छ ।

आफ्ना मागप्रति सरोकारवाला निकाय संबेदनशील नभएमा अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ ।

विगतमा सरकारसंग भएको संझौता कार्यान्वयन गरी त्रिविका सम्पूर्ण अांगिक क्याम्पसमा कार्यरत सबै आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै गएको ६ महिनादेखि शान्तिपूर्ण आन्दोलनको सुनुवाई नभएपछि आफूहरु तालाबन्दीमा उत्रिनु परेको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले सहमती कार्यान्वयनमा दवाव सृजना गर्न आइतबार र सोमबार त्रिविका उपकुलपति, रजिष्ट्रार, शिक्षाध्यक्ष एवम सम्पूर्ण आंगिक क्याम्पसका प्रमुखको कार्यकक्ष र लेखाशाखामा तालाबन्दी र शैक्षिक आमहड्ताल गरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  परीक्षाफल प्रकाशन