८ वर्ष पछि  गायन क्षेत्रमा पुनः उदाए पौड्याल 

1082 पटक पढिएको

प्रेम सुनार

गुल्मी, साउन–२ । कुनै समय रेडियो नेपालमा सांङ्गेतिक कार्यक्रममा श्रोतका पिय्र प्रस्तोता रहेका र आफ्नै गीत मार्फत पनि  गायकका रुपमा परिचीत भएका गुल्मीका रामप्रसाद पौड्याल ८ वर्ष पछि पुनः सांङ्गेतिक क्षेत्रमा उदायका छन् ।  गुल्मीकै साविकको रुपाकोट गाविस छापा निवासी पौड्याल २०५९ सालमा  रेडियो नेपालको प्रतिभाको खोजी नामक कार्यक्रम सञ्चालन गर्ने गर्दथे ।

पछि रेडियो नेपालबाटै स्वर परिक्षण गराई –‘ माईता जाउ पियारी’ वोलको तीज गीत वजारमा ल्याएर चर्चा कमाएका थिए । उक्त तीज गीत निकै लोकप्रिय भएको थियो  । लगत्तै उनले फेशन झल्कीयो , नाचन छमक्कै , ‘भन्छ्यौं विहे गरम’ र ‘हेरम अव चिना’ जस्ता एकसेएक चर्चित गीत वजारमा ल्याए पछि सांङ्गेतिक क्षेत्रबाट हराएका थिए ।

अहिले आफ्नो वास्तविकता गीत मार्फत नै उद्घोष गर्दै उनले –‘ पहिला गीत गाउँथे’ वोलको गीत अहिले वजार ल्याएका छन् । आफैंले  माताश्री म्युजिक प्रालि समेत समेत सञ्चालन गरेर उनले आफ्नो सांङ्गेतिक क्षेत्रलाई निरन्तरता दिएका हुन् ।  जुन गीतले यति वेला राम्रै चर्चा कमाउन सफल भएको छ । त्यस्तै उनले ‘यो लोग्नेको जाता’  ‘तीजको मादल घन्किन थाल्यो ’ वोलको तीज गीत वजारमा ल्याएका हुन् । उनले अहिले वजारमा ल्याएको गीतमै भनेका छन्– गीत गाएर पेट पाल्न गाह्रो ।।।। ।

त्यही आर्थिक समस्या भएर अन्य पेशा अंगालेका पौड्यालले त्यसबाट जिविका चल्न थाले पछि सांङ्गेतिक क्षेत्र मैं र्फिर्कएको बताए । ‘सानै देखि सांङ्गेतिक  क्षेत्रमा रमाउने मन थियो तर विना पैसो नामले मात्रै हुँदो रहेन छ , निकै संकट आयो र वाध्य भएर  अन्य पेशा अंगालेको हुँ’–पौड्यालेले भने–‘ अरु साथीहरुलाई पनि यहि सुझाव दिन्छु की नामका लागि मात्र गीत नगाउँ, आफु पनि बाँच्न सकौ र समाजलाई पनि केहि सकारात्मक सन्देश दिन सकौं । ’  प्रस्तुत छ उनले ल्याएका दुई वटा तिज गीत मध्ये –‘ तीजको मादल घन्कीन थाल्यो ’

कमेन्ट गर्नुहोस्