यू–१९ विश्वकप क्रिकेट छनौट : नेपालसँग सिंगापुर ४ विकेटले पराजित

373 पटक पढिएको

काठमाडौं,  साउन २ । यू–१९ विश्वकप क्रिकेट एसियाली छनौट प्रतियोगितामा नेपालले घरेलु टोली सिंगापुरलाई ४ विकेटले हराउँदैं विजयी सुरुवात गरेको छ ।

७४ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १७ ओभर २ बल खेलेर ७७ रन बनाउँदै ४ विकेटले खेल आफ्नो पक्षमा परेको हो । ब्याट्सम्यान पवन सर्राफले चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरको सुरुवात राम्रो हुन सकेन । घरेलु टोलीे सिंगापुरले ४ रन बनाृँदा पहिलो विकेट झारेर नेपाली बलर किशोर महतोले नेपाललाई पहिलो सफलता दिलाए ।

नेपाल बलर सामु सिंगापुरका ब्याट्सम्यान निरिही भएका थिए । दोस्रो विकेटका लागि सिन अग्रवालले युवराज सिंहसँग १३ रनको साझेदारी गरे । अग्रवाल ११ रनमा आउट भए । त्यसपछि नेपाल बलरहरु लगातार विकेट लिन सफल भए ।

नेपाली टोलीका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र २१ रन दिएका थिए । शाहब आलमले २ र महतोले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  नेपालले मलेसियालाई ५ विकेटले हरायो