अध्यक्ष प्रचण्डसहित ७५ जिल्लाका माओवादी ईन्चार्जहरु के गदैछन् पेरिसडाँडामा ?

735 पटक पढिएको

काठमाडौं , साउन २ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बैठकमा निर्वाचनको समीक्षाका लागि हरेक जिल्लाबाट आएका जिल्ला इन्चार्जहरुको पनि उपस्थिति रहनेछ । उनीहरुले जिल्लाको अवस्था, चुनावको समीक्षा र भावी दिनमा केन्द्र र स्थानीय तहमा गरिनुपर्ने काम कारवाहीबारे रिपोर्टछन् । त्यस्तै आगामी निर्वाचनको तयारी तथा संगठनात्मक विषयमा छलफल हुने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकको सुरुमा जिल्ला इञ्चार्जहरुले जिल्लामा भएको गतिविधिबारे रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ । अन्त्यमा अध्यक्ष प्रचण्डले बोल्ने जनाइएको छ ।

यसअघि सम्पन्न सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले जनस्तरमा आफ्ना एजेण्डा स्थापना गर्न नसकेको र संगठनलाई समेत गुणात्मक ढंगल परिचालन गर्न नसकेको निष्कर्ष निकालेको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बर्दियाको बारबर्दिया नगरपालिकामा माओवादी विजयी