धादिङमा सडक भासिएपछि दर्जनौं घर जोखिममा

357 पटक पढिएको

धादिङ, साउन २ । अविरल वर्षासँगै आएको बाढीले धादिङमा सडक भासिएकोउ छ । जिल्लाको निलकण्ठ नगरपालिका–३ स्थित माथिल्लो बजार क्षेत्रको सडक ठाउँठाउँमा भासिँदा दर्जनौं घर जोखिममा परेका हुन् ।

आइतबार रातिदेखि परेका वर्षाले बजार क्षेत्रको सडक चिराचिरा पारेको छ । त्यहिँबाट पानीभित्र पसेपछि मुख्य बजारका धेरै घर जोखिममा परेको स्थानीयले बताएका छन् ।

ठाउँठाउँमा पहिरो गएका कारण अहिले धादिङ सदरमुकाम क्षेत्रमा खानेपानीको अभाव छ ।

तस्वीर : इमेजखबरबाट

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बाह्रै महिना गर्मी नहुने जेफाले: पर्यटकलाई आकर्षणको केन्द्र