सपथ लिएपछि के भने प्रधानन्यायाधीशले ?

169 पटक पढिएको

काठमाडौं, साउन २ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज आफ्नो पदभार ग्रहण गरेका छन् । त्यसअघि उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

राजधानीको रामशाह पथस्थित सर्वोच्च अदालतको कार्यालयमा पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश पराजुलीले न्याय सम्पादन कार्यलाई प्रभावकारी र छिटो छरितो बनाउन भूमिका खेल्ने बताए ।

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले न्यायपालिकालाई स्मार्ट बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले असाहय र विपन्न वर्गको पहुँचसम्म न्यायालयलाई पुर्‍याउने भन्दै पराजुलीले बार र बेञ्चबीच सहकार्य गर्दै अघि बढ्ने बताए ।

२०१० साल वैशाख १६ गते तनहुँमा जन्मेका पराजुली २७ औं प्रधान्यायाधीश बन्न सफल भएका हुन् । पराजुली आगामी वैशाख १५ गतेसम्म कार्यभार सम्हाल्ने्छन् । तात्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीको अवकाशपछि कार्यबाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  प्रस्तावित प्रधानन्यायाधीश पराजुलीविरुद्ध एउटा पनि उजुरी परेन