पार्टीमा गुटबन्दी मौलाएको भन्दै प्रचण्डको कडा आक्रोश

2848 पटक पढिएको

काठमाडौं, साउन २ । नेकपा माओवादी केन्द्रभित्र गुटबन्दी मौलाएको भन्दै अध्यक्ष प्रचण्डले कडा आपत्ती व्यक्त गरेका छन् ।
सोमबारबाट शुरु भएको जिल्ला इन्चार्जसहितको सचिवालयको बिस्तारित बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी पार्टी जस्तो हुन नसकेकोमा दुख व्यक्त गरेका थिए । “जनताले खोजेको जस्तो हामी हुन नसक्दा निर्वाचनमा सोचेजस्तो सफलता प्राप्त गर्न सकिएन” प्रचण्डले प्रश्न गर्दै भने, “के जनताले यस्तै माओवादी खोजेको हो ?”

पार्टीभित्र बिभिन्न नेताहरुले गुटबन्दी गरेकोतर्फ संकेत गर्दै प्रचण्डले गुटहरुको अन्त्य नगरेसम्म पार्टी निर्माण हुन नसक्ने बताए । “आजैदेखि गुट विघटन गरौं, होइन भने घोषितरुपमा नै गुट चलाऔं । यो तरिकाले अघि बढ्न सकिन्न ।” उनको आक्रोश थियो ।

प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरुले माओवादीलाई घेराबन्दी गर्न खोजेर आन्दोलनका उपलब्धिहरु खोस्ने षडयन्त्र गरेको संकेत गरेका थिए । पार्टी जनतामाझ जान नसक्नु, पार्टीभित्र गुट देखिनु र बाह्य तत्वहरुले समेत कमजोर पार्न षडयन्त्र खेलिरहेको अवस्थामा गम्भीर समीक्षा नगरी पार्टी सही ढंगले निर्माण हुन नसक्नेमा उनको जोड थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बाँके १ बाट पत्रकार पोषण केसीको नाम सिफरिस