पौडेलको मृत्युपछि तर‌ंगित बनेका पर्वतका शिक्षकहरु

176 पटक पढिएको

पर्वत, साउन २ । केही हप्तादेखि अघि मात्रै पर्वतका एक शिक्षकको रहस्यमयी मृत्युले अहिले निकै चर्चा पाइरहेको छ । कुश्मा न.पा.–९ कटुवाचौपारी, ज्ञादीको आइवल एकेडेमीका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्यु भएपछि घटनाको दोषीलाई प्रहरीले अझै पनि पक्राउ गर्न नसकेको भन्दै आफन्त तथा त्यहाँका क्रियाशिल चार शिक्षक संगठनले विज्ञप्ती निकालेका छन् । उनीहरु तत्काल सत्य तथ्य पत्ता लगाई दोषीउपर कारवाहीको माग गरेका छन् ।

यस्ताे छ विज्ञप्ति
मितिः २०७४/०४/०२
जन्मेपछि बाँच्न पाउनु नै मानव अधिकारको मूल मर्म हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालले मानव अधिकार सम्बन्धि अन्र्तराष्ट्रिय शान्ति सम्झौतामा हस्ताक्षर गरी मानव अधिकारप्रति पूर्णप्रतिबद्धता जनाएको अवस्था भएता पनि कहिलेकाँही देशलाई कलंकित गर्ने खालका आपराधिक घटनाहरु घट्ने गरेका छन् । यस्तै जघन्य अपराध मध्येको देशको नाकै काट्ने एक घटना २०७४ साल जेष्ठ २४ गतेका दिन पर्वतको कुश्मा न.पा.–९ कटुवाचौपारी, ज्ञादीमा घटेको छ । जुन घट्नाले शैक्षिक पेशामा लागेका जुनसुकै शिक्षकहरुलाई मात्र नभई आम मानव जातिलाई पनि आफ्नो पेशा र शान्ति सुरक्षाको बारेमा एकपटक घुँडामा टाउको राखेर सोच्न बाध्य पारेको छ ।

कुश्मा न.पा.–१ पाङ निवासी पदमपाणी पौडेल क्षेत्री तथा श्रीमति गायत्री क्षेत्रीका २० वर्षिय सुपुत्र नारायण पौडेल (विनोद) (आइवल एकेडेमी ज्ञादीमा कार्यरत शिक्षक) को रहस्यमय मृत्युले नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठन अत्यन्त स्तब्ध भएका छौं । शिक्षकका पेशागत संघ संगठनहरु आफ्नो कर्मठ एकजना सदस्य गुमाउनु परेकोमा रन्थनिएका छौं । हालै जेष्ठ १ गते शिक्षण पेशामा प्रवेश गर्नुभएका पौडेलले आफ्नो शिक्षण पेशालाई २४ दिन मात्र पूरा गर्न नपाउँदै अत्यन्त रहस्यमय ढंगवाट मृत्यु हुनाले हरेक वृत्तमा शंङका उपशंङकाको बादल घनीभूत भएको छ ।

यस किसिमको आशंङकाको बादल हटाउने काम यो देशको शान्ति सुरक्षाको जिम्मा लिएर बसेको सरकार र यसका अङ्गहरुको नै हो । हामी पेशाकर्मी शिक्षकहरु प्रथमतः मृतक शिक्षकको चिरशान्तिको कामना सहित र श्र्रद्वासुमन अर्पण गर्दै आफ्नो एकजना सदस्य गुमाउनु परेकोमा दुःख व्यक्त गर्दछौं । साथै उहाँका मातापिता र परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । यस्तो जघन्य घटना घटेको हो वा नाटकीय ढंङ्गवाट घटाइएको हो, सत्य तथ्य पत्ता लगाई दोषी उपर कडाभन्दा कडा कारवाही गर्न र पिडित परिवारलाई उचित राहत दिलाउन सरकार, प्रहरी र प्रशासन समक्ष जोडदार माग गर्दछौं ।

(केशव भण्डारी)
अध्यक्ष
नेपाल शिक्षक संघ
पर्वत

(कृष्ण पराजुली) 
अध्यक्ष
नेपाल राष्ट्रिय शिक्षक संगठन
पर्वत
पूर्णचन्द्र काफ्ले 
अध्यक्ष
एकिकृत अखिल नेपाल शिक्षक संगठन
पर्वत
(भूमिराज शर्मा) 
अध्यक्ष
अखिल नेपाल शिक्षक संगठन पर्वत

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पर्वतबाट ९८ हजार मतदाता निर्वाचनमा सहभागी हुने