बालिका बलात्कारको आरोपमा ८४ वर्षीय बृद्ध पक्राउ

528 पटक पढिएको

दोलखा, साउन २ । दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार ८४ वर्षीय वृद्ध सुवेदीले ६ वर्षीय नाबालिकालाई बलात्कार गरेका हुन ।

सुवेदीले ललाई फकाई लगेर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

बालिकाका आफन्तले सुवेदीले जबर्जस्ती करणी गरेको थाहा पाएपछि प्रहरीलाई जाहेरी दिएसँगै पक्राउ गरिएको कार्कीले बताए ।

प्रहरीले सुवेदीलाई पक्राउपछि जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्