दैविकप्रकोपकोवाट सवा ३ करोडको क्षति

122 पटक पढिएको

अछाम, साउन २ । अछाम जिल्लामा गत आर्थिक वर्ष २०७३/७४ मा दैविकप्रकोपकोवाट  ३ करोड १५ लाख ६७ हजार ५ सय ८० रुपैयाँ बरावर क्षती भएको छ ।

बिशेषगरी, आगलागी, बाढीपहिरो, चट्याङ, हावाहुरी आदि कारणले भौतिक तथा मानवीय क्षती भएको प्रहरी जनाएको छ ।

जिल्लामा वर्षभरीमा आगलागीवाट ८३ लाख ७३ हजार २ सय, बाढी पहिरोवाट १ करोड १२ लाख ६५ हजार १ सय ४०, चट्याङवाट १ लाख ३० हजारको नोक्सानी भएको हो ।

त्यस्तै, हावा हुरीका कारण १ करोड १७ लाख ५९ हजार २ सय ४०, जंगली जनावरवाट ४० हजार बरावरको नोक्सानी भएको प्रहरी कार्यालय अछामले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अछामको साँफेबगरमा एमाले बिजयी