हत्याको विरोधमा मौन र्याली

176 पटक पढिएको

दाङ, साउन २ । दाङको घोराही उपमहानगरपालिका–१२ का रणबहादुर घर्तीका परिवार र आफन्तले हत्यारालाई कारबाहीको माग गर्दै मौन र्याली गरेका छन् ।

तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणपछि हत्या गरिएका घर्तीका परिवार र आफन्तले हत्यारालाई जन्मकैदको फैसला नभएसम्म शव नबुझ्ने भन्दै सदरमुकाम घोराहीमा सोमबार मौन र्याली निकालेका हुन् ।

पीडित परिवार र आफन्तले हत्यारालाई जन्मकैदको सजाय, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति, मृतककी श्रीमतीलाई रोजगारी र छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेलगायतका माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  दाङको शान्तिनगर-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी