सुनचाँदीको भाउ बढ्यो

574 पटक पढिएको

काठमाडौं, साउन ६ – सुनचाँदीको भाउ शुक्रबार बढेको छ । सुनको भाउ तोलामा ३ सयले वृद्धि भई तोलाको ५४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

हप्ताको सुरुदेखि नै उकालो लागेको सुनको भाउ समग्रमा यो हप्ता तोलामा ५ सय रुपैयाँ बढेको छ । पहिलो दिन आइतबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार स्थिर रह्यो । मंगलबार तोलामा २ सय रुपैयाँ बढेर ५३ हजार ७ सय रुपैयाँ पुगेको भाउ बुधबार एक सय रुपैयाँ बढेर ५३ हजार ८ सयमा कारोबार भयो । बिहीबार एक सय रुपैयाँ घटेर ५३ हजार ७ सयमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको हो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । आइतबार तोलाको ७ सय १५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ यो हप्ता समग्रमा तोलामा १५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सुनको भाउ पाँच सयले घट्यो