तपाई नर्मल डिलीभरी चाहनुुहुन्छ ? यस्तो गर्नुहोस्

एजेन्सी । गर्भावस्था भनेको विशेष अवस्था हो । यो यस्तो अवस्था हो जसमा गर्भवती महिलाले विशेष ध्यान र सावधानी अपनाउनु पर्छ । किनकी गर्भवतीको हरेका क्रियाकलापले उनको गर्भमा रहेको नवजात शिशुलाई प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । यो समयावधिमा खानपिनदेखि व्यायाममा पनि विशेष ध्यान दिनु आवश्यक हुन्छ । किनकी व्यायाम गर्नु बच्चाको लागि सुरक्षति हुन्छ र शल्यक्रिया भन्दा पनि सामान्य (नर्मल) डिलिभरी हुने सम्भवना बढी हुन्छ ।

हालै सार्वजनिक १६ देशको १२ हजार ५ सय महिलाहरुमा गरिएको एक अध्ययन रिपोर्टका अनुसार जुन महिला गर्भावस्थाका समय व्यायाम गर्छन् र सन्तुतिल स्वस्थ आहार सेवन गर्छन् उनको नर्मल डिलिभरी हुन्छ । लण्डनमा प्रत्येक चौँथौ बच्चा शल्यक्रियाबाट हुने गरेका छन् भने भारतको केही राज्यमा ५० प्रतिशत महिलाको सल्यक्रियाबाट डिलिभरी हुने गरेको छ । उसो त चिकित्सकहरु शल्यक्रियाबाट डिलिभरी हुनुलाई पनि सुरक्षति मान्छन् ।

तर, यसको जोखिमलाई भने नकार्न सकिन्न । शल्यक्रियामा इन्फेक्शनको खतरा सँधै रहिरहन्छ । किनकी डिलीभरीको बेला शरीरबाट अत्यधिक रगत बग्ने र अंगमा भएको घाँउका कारण पनि इन्फेक्शनको खतरा रहन्छ । जसले गर्दा बच्चालाई श्वास लिनमा पनि समस्या हुन सक्छ । यो अध्ययन भन्दा पहिले भएको अध्ययनको नतिजा अनुसार ४० प्रतिशत महिलाको तौल ९ औँ महिनामा बढ्ने हुँदा शल्यक्रियाको माध्यम अपनाउनुपर्छ । किनकी प्रायः जसो महिलाहरु सोच्ने गर्छन् कि गर्भावस्थाको बेला दुई जनाको लागि खाना खानु पर्छ ।

हालै लण्डन स्थति क्विन मैरी यूनिभर्सिटीका अध्ययनकर्ताहरुले ३६ वटा क्लिनिकल जाँचाको तथ्याकंको अध्ययन गरेका थिए, त्यसमा मोटापना शल्यक्रिया डिलीभरीको सबैभन्दा ठूलो कारण भएको अध्ययनकर्ताहरुले पत्ता लगाए । यस्तो अवस्था आउनुको कारण महिलाहरु गर्भावस्थाका बेला व्यायाम गर्न पूर्ण रुपले नै छोडिदिने गर्छिन् र धेरै आराम गर्न तर्फ केन्द्रित हुन्छिन् जसले गर्दा उनीहरुको तौल बढ्र जान्छ ।

ब्रिटिश मेडिकल जरनलमा प्रकाशति उक्त रिपोर्टका अनुसार गर्भावस्थाका बेला व्यायाम गर्नाले र हेल्दी डाइट खाने महिलाहरुमा तौल बढ्ने खतरा कम हुन्छ । त्यतिमात्र नभई उनमा डाइबिटीज जस्तो रोग विकसित हुने जोखिम पनि २४ प्रतिशत कम भएर जान्छ र उनलाई शल्यक्रिया माध्यमको आवश्यक्ता पर्दैन । त्यसैले नर्मल डिलीभरी चाहनुहुन्छ भने व्यायाम र योग गर्नुस् ।

गर्भावस्थामा यस्ता खानेकुराबाट टाढै बसौं

१. अत्यधिक वोसोयुक्त वा चिल्लो मसालेदार खानबाट परहेज गर्नुपर्छ ।
२. अत्यधिक गुलियो वा चिनियुक्त खाद्य पदार्थ खानुभन्दा पनि टाँढै रहनु पर्छ ।
३. कोल्ड ड्रिन्क्स वा चिसो पेय पदार्थ जो डब्बामा बन्द हुन्छन् त्यस्ता खाने – पिउने कुराबाट टाँढै रहनु पर्छ ।

सम्भव भएसम्म यी कुरामा ध्यान दिउ

१. रोयल कलेज अफ अब्सटेट्रशियिन्स एन्ड गाइनोकोलोजिस्ट्सका अनुसार गर्भावस्थाका बेला महिलाहरुलाई कम से कम ३० मिनेट एरोबिक्स व्यायाम गर्नु राम्रो हुन्छ । जस्तै: दौड्नु,   नाच्नु र पौडी खेल्नु आदि ।
२. गर्भावस्थाका बेला व्यायाम गर्नुमा नै धेरै जोड दिनु भन्दा पनि योग गर्नु पनि लाभकारी हुन्छ ।
३. अत्यधिक मात्रामा तरकारी र फलफूल खाने पनि सल्लाह दिइन्छ । तर, फलफूल र तरकारीको सेवन गर्नु भन्दा पहिले सफाईँमा पनि ध्यान दिनु आवश्यक हुन्छ ।

कमेन्ट गर्नुहोस्