यिनै गीत हुन् , जसले तीजमा पुराना भाकाको लहर चलाए (भिडियोसहित)

285 पटक पढिएको

यो वर्षको तीजमा गायक गायिका सर्जकहरुले पुरानो भाकालाई अग्रस्थानमा राखेर आफ्ना मौलिक तीज गीत भन्दै बजारमा सार्वजनिक गरेका छन् ।

त्यसो त यो वर्ष पुराना भाका बजारमा आउनुको मुख्य पाटो गतवर्ष चर्चामा आएको पुरानो भाका भँगेरी चरी’ थियो ।

जसले नेपाली सांगीतिक बजार राम्रैसँग पिटेको थियो । गतवर्ष दुईवटा भँगेरी चरी आपसमा जुधेका थिए ओम ज्ञवालीको भँगेरी चरी र शिलु भट्टराई र कृष्ण बाबुको भँगेरी चरीले बजारमा तहल्का पिटेका थिए । युट्युबमा करिब १३ लाखले हेरिसकेको सिलु भट्टराई र कृष्ण बाबुको भँगेरी चरी प्राविधिक कारणले अहिले युट्युबबाट हटेको छ भने ओम ज्ञवालीको भगेरी चरी युटुबमा देख्न र हेर्न सकिन्छ ।

गतवर्ष चर्चामा आउनाले पनि पुरानो भाका दर्शकको रोजाई ठानी यो वर्ष धेरैभन्दा धेरै गायक गायिकाहरुलाई पुरानो भाका ल्याउन भ्याई नभ्याई भयो, त्यसो त नेपालमा रहेका नामी कलाकारले पनि आफ्नो सिर्जना बिर्सिएर पुरानो भाका बजारमा ल्याउन तम्सिए तर यो वर्ष धेरैको भाका जुध्न गएको कारणले पनि अर्को समस्या सिर्जना भएको सर्जक बताउँछन ।

हेरौ गतवर्षको भँगेरी चरीः

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पत्रकारिता र कलाकारिता एकैसाथ थेग्लान् कृष्णबाबु ?