कक्षा १२ पास गरेकाहरुलाई बैंकमा जागीरको अफर

288 पटक पढिएको

काठमाडौं, साउन ११ ।  के तपाँई आफ्नो रिजल्ट सेकेण्ड डिभिजन मात्रै हो भनेर जागीर पाउन्न की भन्ने चिन्तामा हुनुहुन्छ ? त्यसमा पनि १२ कक्षा मात्रै, यहि युवा समुह लक्षित गरेर सनराईज बैंकले जागीर नै दिनेगरि इंटर्नशिपको अफर ल्याएको छ ।

अहिलेसम्म बैंकको पहुँच नपुगेको स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्ने र संभव भएसम्म स्थानीय तवरबाटै जनशक्ति चयन गर्ने उसको योजना छ ।

३ देखि ६ महिनासम्म व्यावहारिक कार्यगत अनुभव सहित दक्ष बनाएर साखा सञ्चालनमा आएपछि खटाउने भन्दै दरखास्त आव्हान गरेको हो । यसअघि नेपाल राष्ट्र बैंकले बैंकको पहुँच नपुगेको स्थानीय तहमा निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  रोल्पाका ७८ प्रतिशत सहकारी सक्रिय