ट्राफिक जामले सताएपछि पौडी खेलेर अफिस जान्छन् यी युवा

541 पटक पढिएको

काठमाडौं, कोटेश्वर या कलंकी चोकको ट्राफिकमा घण्टौं टाउको दुखाउनु पर्छ तपाई हामीलाई । यता समयमैं अफिस पुग्ने पर्ने चिन्ता, उता गाडी फिटिक्कै अघि बढ्दैन ।

ट्राफिक जामको यो समस्या नेपालमा मात्रै भने होइन । विश्वका कैयन् शहरहरुमा जामकै कारण सास्ती खेप्नुपर्छ धेरैलाई । तर कतिपयले भने अचम्मका विकल्प समेत खोजेका हुन्छन् । यस्तै रोचक विकल्प खोजेका छन् जर्मनीका यी युवाले ।

बिबिसीमा प्रकाशित एक समाचार अनुसार, जर्मनीको म्यूनिख शहरका बेन्जामिन डेभिड नाम गरेका व्यक्तिले ट्राफक जामको समस्याबाट मुक्ति पाउने नयाँ उपाय खोजे । सधै
ढिलो अफिस पुग्दा हाकिमको गाली खाँदा खाँदा हैरान भएपछि उनले सडकको बाटो छोडेर नदीको बाटो समाते । अब उनी यही नदीमा पौडी खेलेर अफिस पुग्ने गर्छन् । कष्ट त हुन्छ तर हाकिमको गाली भन्दा पौडी खेल्न सजिलो हुने ठान्छन् उनी ।

बिहान कोठामा कपडा, ल्यापटप र जुता एउटा वाटरप्रुफ झोलामा राख्छन् उनी । शहरको बीच भएर बग्ने इशार नदीमा तैरिन्छन् । करिब द्द किलोमिटर पौडी खेलेपछि उनी अफिस पुग्ने गर्छन् ।

कार्यालयका केही कर्मचारी उनीमाथि हाँसो नगर्ने होइनन् तर बेन्जामिन भने यसले केही फरक नपर्ने बताउँछन् । मुख्य कुरा सही समयमा अफिस पुग्नु हो, जाममा बस्नुभन्दा पौडी खेलेर आउनु वेश ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  “केटा भएर बाँच्दा घीन लाग्यो, त्यसैले केटी बनेँ”