पत्रकारिता र कलाकारिता एकैसाथ थेग्लान् कृष्णबाबु ?

330 पटक पढिएको

प्रेम सुनार

गुल्मी, साउन १४ । कसैलाई एक्लै पत्रकारिता वा कलाकारिता थेग्न मुस्किल छ । तर, मोफसलको राजधानी मानिने बुटवलमा एउटै व्यक्ति कृष्णबाबुले गत केही वर्षदेखि पत्रकारिता र कलाकारिता दुवैलाई एकैसाथ हाँकेका छन् ।

स्थानिय विभिन्न मिडिया र न्युज २४ टेलिभिजनका ब्युरो प्रमुख समेत रहेका कृष्णबाबु बुटवलमा पत्रकारमात्रै भनेर चिनिन्न मोडलका रुपमा समेत चिनिन्छन् ।

थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका कृष्णबाबु यतिबेला मौलिक तीजको शब्द संकलन र अभिनय गरेर चर्चामा छन् ।

गतवर्ष भंगेरी चरीलै मैदानमा लरी लरर जस्तो पुरानो पश्चिम नेपालको ठेट मौलिक तीज गीत बजारमा ल्याएर चर्चामा आएका कृष्णबाबु यसपाली पनि ‘नक्कल पारी नभने चल्ती आएको’ बोलको अर्को मौलिक तीज गीत बजाएरमा ल्याएर चर्चामा छन् । एकातिर अखवारका पानामा र टेलिभिजनमा पनि पत्रकारितालाई निरन्तरता दिएका कृष्णबाबु दुवैतिर सफल हुने हुन् वा दुईमध्ये एकमा मात्रै दुई भने हेर्न बाँकी छ ।

यसरी दुवैतर्फ व्यस्त कृष्णबाबु भन्छन्– ‘मैले यी दुवै क्षेत्रको मोह त्याग्न सक्दिनँ सफलता असफलता आफ्नो ठाउँमा रहला । ’

उनको उत्कृष्ट शब्द सिर्जनमा चर्चित गायक खुमन अधिकारी अनि शान्ता परियारको स्वरमा सजिएको नक्कल पार्यो नभने चल्ती आएको बोलको तीज गीत यतिबेला हरेक जिस्किनेहरुको हरेक सन्दर्भमा प्यारोडी बनेको छ भने युट्युव र चोकचोकमा निकै राम्रो बजार लिएको छ ।

चर्चित डान्सर तथा मोडल शंकर विसीको निर्देशन रहेको उक्त गीतमा अहिलेकी चर्चित मोडल अन्जली अधिकारी र आफै कृष्णबाबुको अभिनय रहेको छ । सो गीतलाई बुलबुल मिडीयाले बजारमा लिएर आएको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  यिनै गीत हुन् , जसले तीजमा पुराना भाकाको लहर चलाए (भिडियोसहित)