बहिनीको अभावमा म रोएको त्यो दिन

343 पटक पढिएको

प्रेम सुनार

छोराको अभावमा एक आमाले १५ सन्तानसम्म जन्माएको रिर्पोटिङ्ग केही दिनअघि म आफैले गरे तर छोरीका अभावमा मेरो आमाले सातवटा छोरा पाउनुभयो । दुईवटा खेर गए पाँच भाई रह्यौँ । सात सन्तान जन्मिदा पनि हामीले बहिनी पाउन सकेनौं । अघि पछि भन्दा पनि रक्षाबन्धन, तिज र तिहारमा दिदीबहिनीको अभावले भुटु भक्कानिँदो रहेछ ।

त्यसो अभाव पुरा गराई दिएका थिए मेरा तीन फुपुहरुले । फुपुहरु बाबुआमाभन्दा प्यारा हुँदा रहेछन् । उनीहरुका लागि भदै माईतीको सबैभन्दा प्यारो सदस्य हुँदो रहेछ । मेरो बाल्यकालमा सोलीमा रोटीलगायतको पाहुर बोक्ने चलन थियो । आज दिदी आईरहेकी छिन भन्ने थाहा पाए पछि केटाकेटीपनको छुचो बानी त भईहाल्यो पुगिन्थ्यो बीच बाटैमा हाम्फालेर लिन । हामीलाई बाटैमा दिने रोटी र विराम्ला वेग्लै पोकामा हुन्थ्यो । त्यसपछि फलानी दिदी आईन् भन्दै चिच्चाएर गाउँलाई सुनाउँदै सोली बोकरे घरमा आईन्थ्यो ।

लेपस्सीएर काँखमा बस्न पाउनुको त्यो स्नेह आमाको काखभन्दा बढी हुन्थ्यो । म १४ वर्षको उमेरदेखि काठमाडाँैमै हुर्के बसेको मान्छे हुँ कान्देही (कान्छी फुपु) र फुपाजुसँग । उहाँ नेपाली सेनामा हुनुहुन्थ्यो । उहाँहरुकै साथ सहयोगबाट पढ्नेदेखि सरकारी जागिरसम्म खान पाउने अवसर पाएको थिएँ । पछि फुपूहरु नवलपरासीको प्रगतीनगर सर्नुभयो । म काठमाडौँमा आमाबिनाको टुहुरोजस्तै भएँ र अश्रृधारा बगाएँ ।

हाम्रो गाउँमा त्यति वेला दिदीबहिनीहरुबाट राखी बान्ने चलन खासै नभएपनि हामी काठमाडौँमा बसेकोले राखी बाँध्ने गर्दथ्यौं । एक वर्षको राखी बान्ने दिन हामीले मिथुन चक्रवतीको ‘प्यारी वेहना’ नामक हिन्दी फिल्म हेर्यौँ । ओ प्यारी वहिनी गीत सुन्न थालेपछि मेरो गहभरिए । त्यसले दिदीको मन दुखेछ आखिर मैले यसलाई एउटी वहिनी र दिदीको माया दिनसकेको रहेनछु र उसले आफ्नो बहिनीको अभाव महशुस गर्यो भन्ने उहाँलाई लागेछ । मलाई आफै त्यतिकै आँशु आएको हो । मेरो पनि बहिनी भई दिएको भए हुन्थ्यो नि भन्ने सोचेर होईन । त्यो फिल्मका प्रत्येक डाईलग म अहिले पनि सम्झिन्छु र त्यो गीत अहिले पनि म यस्तै सन्दर्भमा गुनगुनाउँ छु ।

सम्बन्धित् समाचार  पुनः जीवित भए झलकमान गन्धर्व

यसरी कान्देही र म तिज, दशै, तिहारलगायतका चाडपर्वमा केही वर्ष टाढै भएपनि भेटघाट भईरहेकै थियो । तर अल्पआयुमै उहाँको निधन भयो ।

परिस्थतीः त्यस्तो माया गर्ने दिदीको अन्त्यष्टीमा समेत जान पाईन् । क्रमशः ठुल्देई, माईल्देई सवैलाई गुमाईयो । अहिले त हामीले ठुली आमाका छोरीहरु, सानी आमा र तम्घास भुजेलखर्ककै पुष्पा पन्थी बहिनीको हातबाट टिका लगाउँन थाल्यौं । आज बिहान पनि पुष्पा वहिनीले मलाई सम्झिनुभयो । तर फुपूहरु गुमाएको केही वर्षका तिज दशै तिहारमा हामी सबै भाइ एक्ला एक्लै मुटु भक्कानाएर बस्यौं । सवैका चेली पारी देखि नै बोलाउँदै आउने, अलि तलसम्म लिन जाने, हामी पनि कुनै दिन फुपूहरुलाई लिन जाने गरेको स्मरणले गह भरिन्थ्यो । यो दिदीबहिनी भन्ने जातले एकचोटी अर्काको घर पठाउने क्रममा मात्र होईन हरेक तिज दशै तिहार र जनपुर्णिमा अनि शोक र हर्ष बढाईएको बेला आएनन भने झन बढी रुहाउँदो रहेछन् । उनीहरुका शेखपछि उनीहरुको सङ्गामा उनिहरुका छोरा छोरी आई दिए पनि दुरुस्तै उनीहरु फुपुहरुको मुहार झल्किँदै रहेछ । दुर्भाग्य झण्डै दश वर्षसम्म मेरा आमाको मानसिक सन्तुलन बिग्रेपछि हरेक चाडपर्व मेसोना घाटाको हुँदो रहेछ । चाड पर्व आए जस्तो पनि नहुने त्यसैले भान्जाभान्जीहरु पनि विरलै आउन थाले दई वर्ष अघि आमाको मृत्यु भयो । केहि महिना अघि वुवाको मृत्यु भयो । छोरा भन्ने जात सारो मन भएर हो कि वा मन थाम्नै पर्ने भएर हो ।

हामी सवै भाई डाको छाडेर जति रुन मन थियो सकिएन । आमा वुवाको दुवै मृत्युमा मेरो घरमा रुवावासीको अभाव देखियो । मेरै घर मुन्तीर मेरो ठुली आमा पनि सिकिस्त हुनुहुन्थ्यो मेरो वुवा वित्ने वेलामा । हाम्रो घरमो मोरो परी सक्दा समेत रुने कुनै चेली वेटी थिएनन् । ठुली आमाका छोरीहरु जिवित आमा लामो सास मात्रै फेर्दा पनि डोको छाडेको छाडै गर्दथे । मैले ईस्र्या गरेको होईन छोरी दिदी वहिनीहरुको अभावको पिडा व्यक्त गरेको हुँ । खुुशीका दिन छोरी त्यो घरको मुटु , दुख र शोकका वेलामा छोरी त्यो घरको आँशु हुँदा रहेछन् । एक भाई त छैनन् ।

सम्बन्धित् समाचार  सक्रान्ति मनाउने खान लिन गएका बिक श्रीमतिको झण्डै काल लिएर फर्किए

हामी चारै भाई यसपाली वुवाको कुनोमा थियौं । तल ठुली आमा यस्सो केहि भयो कि आमा।।।।भन्दै चिच्चाउन थाल्छन । मैले सोचि रहे मेरो आमाले सात भाई छोरा जन्माउने बेला सम्म छोरी त्यसै कुरेको रहेन छ । ग्वालीचौर ठुली आमाकी छोरी छन जस्ले लामो समय सम्म मेरो आमा वुवालाई छोरीको धोक मेटाई रहेकी थिईन । यसपाली त उनै दिदीको पाहुनाको रुपमा पछि आईन् । १३ दिने कुनाको तेश्रो दिनको कुरा थियो , मेरा यिनै कुराले आँखा रसाए । भाईहरुलाई आँशु देखाउन गाह्रो भयो । जुरुक्क उठेर घर पछाडी एकान्तमा धोको फेरेर आँशु बगाएँ । आखिर छोराको जात वाउ आमा संग अंशपातमा रिस फेर्ने । उस्तै मुर्ख छोराले डिङनो मुड्की लगाउन पनि बेर नलाउने । श्रीमति टिपेर बेग्लै बस्ने । र वाउ आमालाई त्यही बुढो घर कुरुवा मात्रै बनाउने पो रहेछ भन्ने मैले महशुस गरे ।

हुन त वुवा अलि सिकिस्त हुन साथ तम्घास पाल्पा हुँदै काठमाण्डौ पनि पुराएका थियौ । तर मलाई सधैको भ्याई नभ्याईले अलि बिशेक भए पछि भाईहरुको साथ लगाएर फर्किएँ । निको भएर पनि वाहिर ल्याएका थिए भाईहरुले ल सञ्चो भयो भनेर उहाँ आफुले पनि फोनमा भन्नु भयो तर अर्को दिन हामीलाई झुक्काउनु भयो । मैले मुख देख्न समेत पाईन् । म निष्ठुरे छोरो भएर होला , छोरी भई दिएको भए सातै काम छाडेर पनि बस्थे होला काठमाण्डौं भन्दै मेरा त्यति वेला निकै आँशु खसेका थिए । यसर्थ म दिदी वहिनी विहिन भन्छु कुनै पनि घर बरु छोरा विहिन बनोस तर छोरी विहिन नवनोस ।

‘छोरा घरको विनाभरको । छोरी घरको आर्जन भएभरको ।’ कतिपय बेला यसो भन्दै मेरो हजुर आमा थन्थनाउने गरेको सुनेको थिएँ । साच्ची नै छोरीहरुले सानै देखि आर्जन खुवाउँछन् । आमाको दहिने हात बन्छन् । अर्काको घर लागे पछि पनि मिठो चोखो वावु आमाको मुखा नपारी उनिहरुलाई निलिन्न तर अधिकांस छोराहरु मनमुटवाबाट छुट्टिएर बसेको भए वावु आमालाई देखाउँदै र लोभाउँदै एक्लै खान्छन । अन्यथा नलागोस म शुभकामना व्यक्त गर्छु तपाईको पहिलो सन्तान छोरी जन्मिओस् । छोरी लक्ष्मी हुन् ।

सम्बन्धित् समाचार  गुल्मीमा पाँच स्थानमा जित्ने माओवादी केन्द्रको दावी

छोरी घरको गहना हुन र छोरी वावु आमा मर्ने बेला पछि उनिहरुका मृत आत्माका धड्कन प्रतिनिधी हुन् । दाजु भाईका लागि पनि दिदी वहिनी त्यस्तै धड्कन हुन् । यो जुनि नसही म अर्को जुनी म कसैको काँखमा जन्मिने हुँ भने पहिला मैले कल्पना गरे जस्तै दिदी पहिला जन्मेर म जन्मिन परोस् बस् । मलाई दाजु भनेर माया गर्ने हरेक वहिनी र मलाई भाई भनेर माया गर्ने हरेक त्यही मैले कामना गरेको वहिनी वा दिदीको जतिकै माया र श्रद्धा दर्शाउँदै त्यो मनको हातले यो मन नाडीमा बाँध्धै रक्षा बन्धनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कमेन्ट गर्नुहोस्