सुनचाँदीको भाउ बढ्यो

155 पटक पढिएको

काठमाडौं, साउन १५ । सुनचाँदीको भाउ आइतबार बढेको छ । सुनको भाउ आइतबार तोलामा ४ सयले बढेर तोलाको ५४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै शुक्रबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार १० रुपैयाँ बढेर ७ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार डलर कमजोर हुँदा सुनको भाउ बढेको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सुनको भाउ पाँच सयले घट्यो