यी अंग नाङ्गो औंलाले नछुनुहोस

286 पटक पढिएको

हरेक व्यक्ति स्वस्थ रहन त चाहान्छ तर स्वस्थ्य सम्बन्धी सामान्य जानकारी नहुदाँ थाहा नपाएरै शरीरलाई धेरै नोक्सानी भइरहेको हुन्छ । शरीरमा यस्तापनि अंग छन् जसलाई नाङ्गो हातले नछुनु राम्रो मानिन्छ । आउनुहोस हामी आज यसैबारेमा जानकारी गरौंउदै
छौं ।

अमेरिकाको एरिजोना राज्यमा रहेको जुकरम्यान कलेज अफ पब्लिक हेल्थका एसोसिएट प्रोफेसर रेनाल्डले गरेको यस सम्बन्धी एक अध्ययनले सबैभन्दा पहिले मानिसको हातमा संक्रमण हुने त्यस्तो हातले चलाउदा अन्य अंगमा छिटो संक्रमण हुने बताएको हो ।

यदि तपाइँ हातको औंला राम्रो सँग धुनु हुन्छ भनेपनि यसमा जिवाणु संक्रमण सबैभन्दा छिटो हुने यो शोधको भनाइ छ । वरपरको वातावरणबाट औंलाको टुप्पमा सबैभन्दा पहिले जिवाणु संक्रमण हुने रेनाल्डको ठहर छ ।

अर्को युनिभर्सिटी अफ नेब्रास्कार मेडिकल सेन्टरका अनुसार यदि तपाइँ नियमित नङ काट्नु हुन्न र औंलामा औंठी लगाउनु हुन्छ भने तपाइँलाई सबैभन्दा छिटो जीवाणु संक्रमण हुन्छ ।

अध्ययन भन्छ शरीरका यी अंगमा हातले नछुनु राम्रो हुन्छ

१. अनुहार
औंलाले सकेसम्म अनुहारमा पनि नचलाउनुस् । औंलामा हुने जीवाणूले अनुहारमा संक्रमण हुन सक्छ । तपाइँको औंलाको टुप्पमा हुने तेलले पनि अनुहारमा हुने त्वचाको छिद्र बन्द गरिदिन सक्छ । जसले गर्दा डण्डिफोर लगायतको समस्या हुन्छ ।

२. कान
सकेसम्म कानमा औंला नछिराउनुस् । अन्य कुनै चिज पनि कानमा हाल्नु राम्रो होइन । कानमा एयर बड प्रयोग गर्दा समेत झिल्लीमा गम्भीर असर पर्न सक्छ । यदि कानमा समस्या छ भने विशेषज्ञलाई देखाउनुस् ।

३. आँखा
कन्ट्याक्ट लेन्स लगाउँदा वा आँखामा केही हाल्दा औंला नछिराउनुस् । यसो गर्दा तपाइँको आँखामा जीवाणूको संक्रमण हुन सक्छ ।आँखामा चलाउँनु पर्दा सुरक्षित कुराको प्रयोग गर्नुस् । औंला भुलेर पनि नलगाउनुस् । केही समस्या परे आँखा विशेषज्ञकोमा जचाउँनुस् ।

सम्बन्धित् समाचार  आँखाको उमेर कति वर्ष ?

४. मुख
इङ्ग्ल्याण्डमा गरिएको एक शोधका अनुसार दिक्क लागेको बेला मानिसहरु मुखमा औंलो हाल्छन् । मानिसहरु एक घण्टामा औषत २३ पटकसम्म औंलो मुखमा पुर्‍याउँछन् । व्यस्त भएको समयमा अझै बढी हाल्छन । तपाइँको औंलामा हुने जीवाणु मुखबाट शरीरमा प्रवेश गर्छ ।

५. नाक
नाकमा औंला हाल्दा औंलामा भएको स्टेफिलोकोकस ब्याक्टीरिया सक्रमण हुने खतरा ५१ प्रतिशत बढि हुन्छ ।

६. नितम्ब
तपाइँले दिशा धोइसकेपछि हातलाई राम्रोसंग धुनु पर्छ । मलद्वारको नजिक हुने भागमा नितम्बसम्म पनि मलद्वारमा हुने जीवाणुको संक्रमण हुन सक्छ । दिशा धोइसकेपछि सेनिटाइजर सोप वा अन्य प्रभावकारी बस्तुले धुनु जरुरी छ ।

७. नङको छाला
ब्याक्टेरियालाई फैलिनबाट रोक्नका लागि नङ काटिरहनु राम्रो हुन्छ । यद्यपी नङ सफा गर्दा अर्को नङ वा औंलाको प्रयोग भुलेर पनि नगर्नुस् । नङको छालामा अर्को औंला वा नङ हाल्दा ओनिकोलाइसिसको खतरा हुन्छ ।

कमेन्ट गर्नुहोस्