बाहिरिँदै छन् हजारौ आशहरु

मोहन पोखरेल

बाहिरिदै छन् हजारौ आसहरु जहाज चढेर
दैनिक आइरहन्छन् लासहरु जहाज चढेर ।

धेरैले ज्यान गुमाएका छन् उपचार नपाएर,
रुघा लाग्दा बिदेश जान्छन् बदमास जहाज चढेर ।

यो आशाको दिप जोगाउनै गाह्रो भो मलाई
सिम्फोनिको धुन ली आउँछ बतास जहाज चढेर ।

फेसबुकबाट साभार

कमेन्ट गर्नुहोस्