नयाँ ‘टा–टा टावेल ब्रा’ले संसारभरी मच्चायो सनसनी (भिडियोसहित)

केहीको आलोचना, आमाहरुद्वारा स्वागत

काठमाडौं, महिलाहरुले लगाउने ब्रा र बजारको पुरानो सम्बन्ध छ । खासगरी महिलाहरुको सौन्दर्यसँग जोडेर ब्रालाई बजारको अण्डर गार्मेन्ट नाफामूलक बस्तुका रुपमा पस्किँदै आएका छन् कम्पनीहरु ।

तर यतिखेर एउटा नयाँ ब्राले यो बजारमा हमला बोलेको छ । ‘टा–टा टावेल’ नामले चर्चित यो ब्राका बारेमा विश्वव्यापी बहस नै चलेको छ ।
महिला, पुरुष, अधिकारकर्मी, कम्पनीहरुबीच यो बहसले स्थान लिएको बिबिसीमा प्रकाशित रिपोर्टमा उल्लेख छ ।
यतिखेर बहसको केन्द्र बनेको सोशल मिडिया । यसका समर्थकदेखि बिरोधीहरुसम्मको चर्चाले ब्राले भने मज्जाको व्यापार पाएको छ ।
के हो टाटा टावेल

टाटा टावेल एउटा नयाँ डिजाइनको ब्रा हो । तर यो ब्रा भने अहिलेसम्मका ब्रा भन्दा फरक छ । यसअघिका अधिकांश ब्राहरु महिलाहरुको स्तनलाई आकर्षक र सेक्सी देखाउन नै बनेका थिए । यसमा भने महिलाहरुलाई सजिलो हुने किसिमले बनाइएको छ । पसीना नआउने, दूध चुसाउन सजिलो हुने, लगाउन र झिक्न सजिलो हुने यसको विशेषता हो । कतिपयले यसलाई स्तन कोक्रोको संज्ञा पनि दिएका छन् । डिजाइनका हिसाबले यो हल्टर नेक बिकनी जस्तै लाग्छ । यो लगाउने मान्छेको घाँटीमा टिकेको हुन्छ ।

महिलाहरुद्वारा स्वागत
महिलाहरुले भने यो ब्राको स्वागत गरेको बिबिसीले जनाएको छ । खासगरी दूध खुवाउन यो ब्रा निकै राम्रो भएको उनीहरुको टिप्पणी छ । बच्चाले घरबाहिर दुध खान खोज्दा परम्परागत ब्राबाट स्तन झिक्नु त्यति सहज नहुने अवस्थामा यो ब्रा भने सजिलो हुने उनीहरुको टिप्पणी छ ।

यो ब्राले महिलाहरुको स्तनलाई आकर्षक चाहिँ देखाउँदैन । तर अहिलेको चर्चा हेर्दा यो एउटा मुख्य ब्रा ब्राण्ड बन्नेमा भने शंका गर्नु पर्दैन ।

टाटा टावेल बनाउने एरिक रोबर्टसनका अनुसार लस एन्जेल्समा रहेको बेला नुहाएर बाथरुमबाट बाहिर आउँदा उनको स्तनमा पसीना आउन थाल्यो । एयर कण्डिशन नभएको कारण पसीनाले समस्या गरेपनि पाउडर लगाएपनि पसीना नसुकेपछि यो ब्राको आवीस्कार भएको उनले बताइन । “मैले तौलिया राखेँ स्तनमुनि” उनी भन्छिन, “तर पसीना रोकिएन, पाउडर लगाएर टि शर्ट लगाएपछि झन बढी पसीना आयो । त्यसपछि मैले यो ब्राको कन्सेप्ट सोचेँ र तयार गरेँ ।”

ब्राका बारेमा कम उमेरका महिलाहरुका बीचमा बढी चर्चा र चासो देखिँदै आएको बेला यो ब्राले भने उमेर पुगेका महिलाहरुबीच समेत ब्राको चर्चा भित्र्याएको बिबिसीको टिप्पणी छ ।

हेर्नुस् भिडियोमा ।

कमेन्ट गर्नुहोस्