खुपीया एजेन्टहरुको देश

यहाँ के काम पुष्पलाल श्रेष्ठ, कुष्णप्रसाद भट्टराई र अमिक शेरचनको

गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र माधव नेपाल छदैछन ।

किनकी यो देश फटाहा र अक्षमहरुको हो

त्यसैले त यहाँ मोहनविक्रम,बैद्य र नारायणमान क्रान्तिकारी हुन्छन ।

यहाँ के काम दीपेन्द्रबहादुर क्षेत्री जस्ता निश्कलकको

विजयनाथ भट्टराई जस्ता भ्रष्ट छदैछन ।

किनकी यो देश भ्रष्ट र लुटराहरुको हो

त्यसैले त यहाँ खुमबहादुर, वामदेव, जेपी गुप्ताजस्ताको माग हुन्छ

यो देशमा कृष्णजंग, रामेश्वर र कुलबहादुरलाई सहिद बनाइन्छ

कटवाल, परमानन्द झा, सनदकुमार लोकमान पुरस्कृत हुन्छन

किनकी यो देश विदेशी खुपीया एजेन्सीका एजेन्टहरुको हो

त्यसैले त यिनीहरुलाई यहाँ कसैले केही गर्न सक्दैन

यहाँ के काम राजेन्द्र राई, रामदीप आचार्य र विश्वप्रकाश शर्माको

ठाकुर गैरे, कृष्ण केसी र गगन थापा छदैछन

किनकी यो देश चाकडीवाज र दलालहरुको हो

त्यसैले यहाँ हरि रोक्का, ऋषि धमाला र अमरेशकुमारको जतासुकै पहुँच हुन्छ

यहाँ के काम देवेन्द्रराज, कृष्ण पहाडी र गोविन्द केसीको

यहाँ कुलचन्द्र, सुबोधराज र सुदीप पाठक छदैछन

किनकी यो देश विदेशी डलरको खेती गर्ने दलालहरुको हो

यहाँ आरजु देउवा, रेणु, केदार र मुक्ती प्रधान अभियन्ता हुन्छन ।

कमेन्ट गर्नुहोस्