ईङलिश प्रिमियर लिग फुटबलको नयाँ सिजन शूरु

काठमाडौं, साउन २८ । ईङलिश प्रिमियर लिग फुटबलको नयाँ सिजन गएरातीबाट शूरु भएको छ ।

लिगको उद्घाटन खेलमा गएराति आर्सनलले लेष्टर सिटिमाथि ४–३ को संर्घषपूर्ण जित निकालेको छ । ईमिरेट्स स्टेडियममा पहिलो हाफ २–२ को बराबरीमा सकिएको खेलको दोस्रो हाफ थप रोमाञ्चक बनेको थियो । ५६ औं मिनेटमा जेम्स भर्डिले गोल गर्दै लेष्टरलाई ३–२ को अवस्थामा पुर्‍याए ।

८३ औं मिनेटमा आरोन राम्से र त्यसको २ मिनेट पछि ओलिभर जिराउडले गोल गर्दै आर्सनललाई महत्वपुर्ण जित दिलाएका थिए ।

७० प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको आर्सनलले गोल गर्न भने निकै संर्घष गर्नुपरेको थियो । प्रतियोगीता अन्तर्गत शनिबार खेल हुनेछन् ।

कमेन्ट गर्नुहोस्