बाढीले घर भत्काउँदा एकै परिवारका तीन बालिकाको ज्यान गयो

112 पटक पढिएको

नेपालगन्ज, साउन २८ । अविरल वर्षापछि आएको बाढीले घर भत्काउँदा एकै परिवारका तीन बालिकाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाँकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ । बाढीले कबिराज थारुको घर भत्कँदा १२ वर्षीया अञ्जु थारु, ९ वर्षीया सरिता थारु र ७ वर्षीया सुस्मिता थारुको ज्यान गएको हो ।

बाढीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिए पनि सनाखत हुन सकेको छैन । बाढीले स्थानीय गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ ।

कमेन्ट गर्नुहोस्