४५ सालयताकै ठूलो वर्षा, जलमग्न बन्यो विराटनगर

विराटनगर, साउन २८ । पछिल्लो केही दिनयता देशभर अविरल वर्षा भइरहेको छ । धेरै ठाउँहरु डुबानमा परेका छन् । मानिसहरुमा मर्नेको संख्या बढीरहेको छ । हालसम्म दुई दर्जनबढीको ज्यन गइसकेको छ । त्यस्तै बिराटनगरमा ०४५ सालपछिको ठूलो पानी परेको छ । वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

बाढीका कारण बिराटनगर विमानस्थल पनि डुवानमा परेको छ भने शनिबार बिहानैदेखी कुनै आन्तरीक उडानहरू हुन सकेका छैन ।

त्यस्तै बाढीले बिद्युत लगायत टेलिकम र खानेपानीमा समेत क्षती पूर्याएको कारण सबै सेवा ठप्प बनेको छ ।

भारी बर्षाले बाटो नै डुबेपछि मानिसहरू घरभित्रै थूनिन बाध्य भएका छन् । अतत्यावश्यक समानको अभावले थप संकट ल्याएको स्थानीयको भनाई छ ।

कमेन्ट गर्नुहोस्