बाढी प्रभावित क्षेत्रमा स्वास्थ मन्त्रालयले विशेष टोली पठाउने

122 पटक पढिएको

काठमाडौं, साउन २८ । अविरल बर्षाका कारण प्रभावित जिल्लाहरुमा स्वस्थ्य मन्त्रालयले विशेष टिम पठाउने भएको छ ।

जनकपुर बिमानस्थलमा संचारकर्मी तथा स्वास्थकर्मी सङ्गको भेटमा माननीय स्वास्थ मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘मेचीदेखि महाकालीसम्म कतै पनि औषधि, जनशक्ति अभाव छैन । हामी थप सुरक्षाका लागि जनशक्ति पठाउने तयारी गरिरहेका छौं ।

मन्त्री पोखरेलले वर्षाले सबै मानिसहरु आकुल व्याकुल भइरहेका बेला आवश्यक परेको स्थानमा जहाँ पनि तयार हुने तरिकाले टिम तयार पारिएको बताए । उनल अहिलेसम्म तराईको कुनैपनी जिल्लामा औषधि, चिकित्सक र जनशक्तिको अभाव नभएको बताए ।

बिपतका बेला संयमीत भएर काम गर्न उनले स्वास्थकर्मीलाई निर्देशन दिएका छन् । मन्त्री पोखरेलले नसर्ने रोगहरुको नियन्त्रणको लागि स्वास्थ नीति बनाउने तयारी भइरहेको बताएका छन् ।

उनले डा. केसीको स्वास्थसँग सम्बन्धित सबै माग पूरा भएको अब त्रिविसँग सम्बन्धित माग मात्रै बाँकी रहेको बताए । स्वास्थ मन्त्री ज्यु आज काठमाडौबाट जनकपुर हुँदै महोत्तरी गएका छन् ।

कमेन्ट गर्नुहोस्