पोखरीमा डुबेर एकको मृत्यु

125 पटक पढिएको

कपिलवस्तु, साउन २८ । कृष्णनगर नगरपालिका– ९ बहादुरगञ्जमा पोखरीमा डुबेर एक जनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीय गबी भन्ने शंखा मुराउ रहेको प्रहरीले जनाएको छ ।

मृतक मुराउ बहादुरगन्जस्थित नेपाली सेनाको ब्यारेक पछाडि रहेको पोखरीमा सिंगाडाखेती अवलोकनका लागि पुग्दा सो पोखरीमा डुबेर मरेको स्थानीयवासीले बताएका छन् ।

मुराउको शव परीक्षणका लागि शिवराज अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  करेन्ट लागेर बालिकाको मृत्यु