बाढी पहिरो र डुबानमा परी ३२ जनाको मृत्यु : गृहमन्त्रालय

131 पटक पढिएको

काठमाडौं, साउन २८ । देशका धेरै स्थानमा बिहीबारदेखि लगातार भएको वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परी विभिन्न जिल्लामा गरी अहिलेसम्म ३२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

शनिबार पत्रकार सम्मेलन गरी गृहमन्त्री जनार्दन शर्माले बाढी पहिरो र डुबानले पुर्‍याएको क्षतिको जानकारी गराएका हुन ।उनका अनुसार अनुसार सुनसरीमा ७, झापामा ४, वाग्लुङमा ४ सिन्धुलीमा ३, मोरङमा ३, बाँकेमा ३, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, दाङमा १, पाल्पामा १, र बर्दियामा १ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ ।

गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रका लागि विमानस्थलमा खाद्यान्न तथा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखेपनि मौसम प्रतिकुल भएकाले पठाउन नसकिएको बताए । मौसममा सुधार आउनासाथ राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइने शर्माले बताए  ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  गृहमन्त्रीले भने चुनाबको मिति आयोगले तोक्ने व्यवस्था उपयुक्त