गोपी हमाल विवेकशील साझा पार्टिका ७ नं प्रदेश संयोजक

155 पटक पढिएको

धनगढी, साउन २८धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा लडेका हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन । हमाललाई प्रदेश नम्वर ७ को संयोजकको ज़िम्मेवारी दिईएको छ ।

शनिबार धनगढीका आयोजित एक कार्यक्रममा विवेकशील साझा पार्टीका सहसंयोजक रवीन्द्र मिश्रले हमाललाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको घोषणा गरे।

 

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा हमाल धनगढी उपमहानगरपालिकामा मेयर पदमा स्वतन्त्रबाट चुनाब लडेका थिए । उनले पराजित भएपनि उल्लेख्य मत ल्याएका थिए । सुन्दर सुदूरपश्चिमका अभियानका अभियन्ता समेत रहेका हमाल त्यस क्षेत्रका प्रभावशाली व्यक्ति हुन ।

विवेकशील साझा पार्टीको तर्फबाट ७ नम्बर प्रदेशको संयोजकको जिम्मेवारी पाएपछि हमालले इमानरीताको साथ यस क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता जनाए। उनले समग्र प्रदेश र प्रदेशका जनताहरुको विकास र समृद्धि गर्न सकेमा आर्थिक क्रान्ति हुनआउने भन्दै यसलाई प्राथमीकता दिने बताए।
विवेकशील साझा पार्टीले संगठन विस्तारका क्रममा पहिलो पटक ७ नम्बर प्रदेशमा आफ्नो संगठन विस्तार गर्दै हमाललाई संयोजक तोकेको हो । अन्य पदमा भने जिम्मेवारी तोकिएको छैन।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  धनगढीमा स्वतन्त्रका गोपी हमाल अगाडि