उद्दारका लागि बाढीग्रस्त क्षेत्रमा खटियो वाइसीएल

चितवन, साउन २८ । बाढीले बस्ती डुबानमा पारेपछि नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का नेता तथा कार्यकर्ताहरु चितवनको माडी क्षेत्रमा उद्धार तथा राहतका लागि खटिएका छन् ।

गए रातिदेखि परेको पानीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेपछि वाईसीएलका प्रदेश सह इन्चार्ज सुमन, केन्द्रीय सदस्यहरु उत्तम गुरुङ र सन्तोष पनेरुको नेतृत्वमा वाइसीएलका कार्यकर्ताहरु उद्धार कार्यमा खटिएका हुन् ।

चितवनका प्रहरीका अनुसार बाढीले ३०/४० घरलाई पूर्णरुपमा क्षति पु¥याएको छ भने २०० जति घरमा आंशिक क्षति पु¥याएको छ ।

चितई खोला, बाँदरमुढे खोला र घाँगर खोलामा आएको बाढीले यहाँका विभिन्न क्षेत्रमा सडक भत्काएको छ । जसका कारण आज बिहानैदेखि भरतपुर– माडी ठोरी यातायात अवरुद्ध भएको छ ।

कमेन्ट गर्नुहोस्