डा केसीका समर्थकद्वारा केपी ओलीको घर घेराउ

काठमाडौं, साउन २८ । २० दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीका समर्थकले उनका माग पुरा गराउन दबाब सृजना गर्ने उद्देश्यले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट घेराउ गरेका छन् ।

शनिबार डाक्टर केसीका माग पूरा गर्न शीर्ष नेताहरु गम्भीर नभएको तर केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर भएको भन्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताले ओलीको निवास घेराउ गरेका हुन । सोलिडारिटी फर डाक्टर केसी, विवेकशील साझा पार्टीलगायत नेता तथा कार्यकर्ता र सर्वसाधरणले ओली निवास वालकोट घेरेका हुन् । उनीहरुले चर्कोको नाराबाजीसहित ओली निवास घेरेका थिए ।

ओली भने हावाबाट निकालिएको विजुलीको उद्घाटन गर्न मुस्ताङ गएका थिए । उनीहरुले अन्य शीर्षनेताहरुको पनि निवास घेर्ने बताएका छन ।

कमेन्ट गर्नुहोस्