स्वास्थ्यमन्त्री पोखरेल भने-कतैपनि औषधि र जनशक्ति अभाव छैन

महोत्तरी, साउन २८ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले मेचीदेखि महाकालीसम्म कतै पनि औषधि, जनशक्ति अभाव छैन बताउँदै आवश्यकता परेको स्थानमा जान स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको बताएका छन ।

बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अबलोकन भ्रमणका क्रममा शनिबार महोत्तरी पुगेका स्वास्थ्य मन्त्री पोखरेलले बर्दिबासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुराको जानकारी गराएका हुन ।

उनले भने अविरल वर्षाको कारण रौतहटको गङ्गा पिपरा प्राथमिक स्वास्थ केन्द्र डुबानमा परेपछि नजिकैको घरमा बसेर स्वास्थ्यकर्मीले उपचार दिइरहेको बताए। रौतहटकै पतौरा स्वास्थ केन्द्र पनि डुबानमा परेर कम्पाउड बाल भत्किएको, दुईवता खानेपानी ट्याङ्की बगाएको जानकारी दिए ।

त्यसैगरी, बाढीले बाँकेको फत्तेपुर स्वास्थ चौकीको सबै औषधि डुबेको । घरैमा बसेर उपचार गरेको पनि उनले बताए।

मन्त्री पोखरेले भने, ‘मेचीदेखि महाकालीसम्म कतै पनि औषधि, जनशक्तिको अभाव छैन । जहाँ आवश्यकता पर्छ त्यही जान चिकित्सको टोली तयारी अवस्थामा छ ।’

उनका अनुसार स्वास्थ्य मन्त्रालय, विभाग र क्षेत्रका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई उच्च सतर्कताका साथ राखिएको छ । जसका लागि डा भेषराज पोख्रेलको नेतृत्वमा पुर्वाञ्चल क्षेत्र, डा बाशुदेव पाण्डेको नेतृत्वमा मध्यामान्चल, डा भिम आचार्य र डा भोला श्रेष्ठको नेतृत्वमा टोलीहरु तयारी अबस्थामा रहेको रहेका छन ।

मन्त्री पोखरेलले मन्त्रालय र विभागले उपचारका लागि छुट्टै विशेष युनिट तयारी अवस्थामा राखेको बताउदै यस विषयमा उच्च सतर्कता अपनाइएको दावी गर्र्दै उनले सम्पूर्ण देशबासीलाई
सचेत र सुरक्षीत रहन अनुरोध गरेका छन ।

कमेन्ट गर्नुहोस्