आकाशियो प्याज़को मूल्य, ८० रूपैयाँ प्रतिकिलो

180 पटक पढिएको

बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको छ। अफ सिजनका कारण भारतमा प्याजको मूल्यवृद्धि त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ।

नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। उपत्यकामा अहिले थोकमा प्याजको मूल्य प्रतिकिलो ५५ र तराईमा ६० रुपैयाँ छ। मूल्यवृद्धिका कारण प्याजको खुद्रा मूल्य भने प्रतिकिलो ८० देखि ८५ रुपैयाँसम्म रहेको व्यवसायीको भनाइ छ। मूल्यवृद्धिअघि उपत्यकामा प्याजको थोक मूल्य प्रतिकिलो २३ देखि २५ रुपैयाँ थियो। भारतमा अझै केही दिन बाढीको समस्या यथावत् रहे प्याजको मूल्य प्रतिकिलो सय रुपैयाँ नाघ्न सक्ने प्याज आयातकर्ता अर्जुन सिलवालले बताए। यो खबर राजेश बर्माले आजको अन्नपूर्णमा लेखेक छन्।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  व्यापार मेलामा ३६ देशका उत्पादन