दशैंमा खसीबोकाको मूल्य बढ्ने

162 पटक पढिएको

काठमाडौं, भदौं ६ । राजधानीमा यस वर्षको दशैंमा खसीबोकाको मूल्य बढने भएको छ । तराईका जिल्लामा बाढीपहिरो ठूलो जनधनको क्षती गरेको र धेरै ठाउँमा बाटो अवरोध भएका कारण राजधानीमा चाहिने जति खसीबोका ल्याउन समस्या भएपछि मूल्य बढ्ने निश्चित छ ।

माग अनुसारको आपूर्ती हुन नसक्दा अहिलेदेखि नै बजारमा खसीबोकाको मूल्य बढ्न शुरु भइसकेको पाइएको छ । खसीबोका व्यावसाय गर्ने व्यापारी बजारमा खसीबोकाको आयात कम हुँदा मूल्य बढ्न थालेको दावी गर्छन ।

उपत्यकामा दशैंमा मात्रै ४० देखि ५० हजार खसीबोकाको माग हुन्छ । तर यो वर्ष बाढी पहिरोका कारण मागअनुसार आयात गर्न नसक्दा खसीबोकाको मूल्य बढ्ने देखिएको छ ।

दशैंमा खसीबोकाको माग धेरै हुने तर हाम्रो उत्पादनले माग धान्न नसक्दा ८० प्रतिशत खसीबोका छिमेकी देश भारत र तिव्वतबाट च्याङ्ग्रा आयात गर्ने गरिन्छ ।

व्यवसायीले मुस्ताङबाट च्याङ्ग्रा र अन्य विभिन्न जिल्लाबाट खसीबोका उपत्यकामा ल्याउने गर्छन् । गत वर्ष दसैंमा ४८ हजार खसीबोका खपत भएको थियो । दसैंमा खसीबोका खरिद गर्न बर्सेनि ८ अर्ब रुपैयाँ बाहिरिने गरेको छ ।

गत वर्ष दसैंको समयमा जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ४ सय ५० देखि ४ सय ६० रुपैयाँ रहेकोमा अहिले नै खसीबोकाको मूल्य प्रतिकेजी ५ सय १० रुपैयाँसम्म पुगेको छ । खसीबोकाको खपत बढ्दै गएकाले पनि मूल्य बढ्दै गएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  नयाँ वर्षको उपलक्ष्यमा सीजी ब्राण्डको इजी अफर, छुट देखि क्यास व्याकसम्म