एक दर्जन नेताहरु जनमोर्चा छाेडी माओवादी केन्द्रमा प्रवेश (नाम सहित)

धनगढी, भदौ १० । राष्ट्रिय जनमोर्चाका सात नम्वर प्रदेशका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार दिउँसो धनगढीमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय जनमोर्चाका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

जनमोर्चाका नेताहरुले आफूहरु संघीयता र गणतन्त्रप्रति आकर्षित भएर माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । जनमोर्चाका नेताहरुलाई पार्टी अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, लेखराज भट्ट लगायतले पार्टी प्रवेशमा स्वागत गरेका थिए ।

जनमोर्चाबाट माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुको नामावली
१. हरिकृष्ण कडायत, पार्टी जिल्ला सदस्य तथा बुद्धिजीवी केन्द्रीय सदस्य,
२. टंक सञ्याल, पार्टी जिल्ला प्रवक्ता, बुद्धिजीवी जिल्ला अध्यक्ष,
३. सुलोचना कडायत, महिला संगठन जिल्ला सदस्य,
४. पवित्रा सञ्ज्याल, संविधान सभा राजपा उम्मेद्वार,
५. पदम मल्ल, बुद्धिजीवी जिल्ला उपाध्यक्ष, सहायक क्याम्पस प्रमूख,
६. प्रकाश पन्त, उपप्राध्यापक, बुद्धिजीवी नेता,
७. अम्वादत्त जोशी, पार्टी नगर सचिव,
८. शंकरदत्त जोशी, शिक्षक जिल्ला सदस्य,
९. गोकर्ण जोशी, अखिल छैटौ राष्ट्रिय परिषद सदस्य,
१०. डम्वरदत्त जोशी, जनमोर्चा नगर सदस्य,
११. वीर बहादुर सिंह, पार्टी जिल्ला सदस्य।

कमेन्ट गर्नुहोस्