प्रकाश दाहालको चर्को आक्रोश: ‘भाडाका पत्रकार’लाई कसले दियो यस्तो अधिकार ?

काठमाँडौ, माओवादी नेता तथा प्रचण्डका छोरा प्रकाश दाहालले आफ्ना २७ महीने छोराका बारेमा प्रकाशित समाचारका बिषयमा कडा टिप्पणी गरेका छन ।

प्रकाश दाहालका छोरा पजेरो चढेर राजधानिको एक बोर्डिंग स्कूल पढ़ने गरेको आशयको समाचार एक अनलाइनमा प्रकाशित भएपछि प्रकाशले अबोध बालकमाथि समेत आरोप लगाएको भनेर टिप्पणी गरेका हुन ।

स्थानीय तहको निर्वाचन अघि ४,५ महिना कंचनपुरको पुनर्वासमा आमा बिना मगरसँग नै छोरा समेत रहेको प्रकासले बताएका छन ।
अहिले पनि संगठन र चुनावका लागि आमाक बिना मगर कंचनपुरमा खटीएको र छोरा प्रणव समेत उतै रहेको भएपनि आरोप लागाउनु नाजायज़ भएको उनले जनाए ।

कंचनपुरको क्षेत्र न १ बाट गत संबिधानसभाको निर्वाचनमा झिनो मतले पराजित बिना मगर अधिकांश समय संगठनकै काममा ज़िल्लामा रहने र छोरा प्रणव समेत उनिसंग नै रहने प्रकाशले बताए ।

अहिले अखिल क्रान्तिकारीको सम्मेलन चलिरहेको संदर्भ पारेर नियोजितरूपमा आफ़नो र अबोध छोराको चरित्रहत्त्या गर्न खोजेको प्रकाशले टिप्पणी गरे ।

प्रकाश दाहालले फ़ेसबुकमा लेखेका छन:

आफ्नो आमासंग सुदुरपश्चिमको संगठन सुदृढी गर्न र चुनाव मध्यनजर अहिले देखि उतै खटिएर बसेका आमा छोरालाई पजेरो चढेर स्कूल जाने भनेर न्युज लेख्नु कति जायज हो ? ए त्यो लेख्ने महाशय पहिला बच्चा कहां छ के छ सोध्नु कर्तव्य हैन र ? हामीलाई त आरोपको चांग लगाएर राखेका छौ हूंदा हूंदा यो अवोध बालकमाथीपनि आरोपको चांग लगाएयौं ???

कुरा रहयो विधार्थी संगठनसंग जोडेर पजेरो चढेर स्कूल जाने म त्यतिनै चिन्तित कहां छु भने यिनको आमा जो चुनाव भन्दा ४ महिना अगाडीनै कार्यक्षेत्रमा होमिईन् ( जो कुनै नेता कार्यकर्ता खटिएको छैन र जाने रुचिपनि राखेका छैनन) उनले गर्दा यि बालकको पढाईपनि आफ्नै बाउ जस्तो हुने त हैन ??

यस्ता न्युज शेयर गरेर आनन्द लिनेहरु कुन कार्यक्षेत्रमा खटिनु भएको छ र तपाई आफ्नो सन्ततीको पढाई धरी नगराई संगै क्षेत्रमा लिएर हिड्नु भएको छ । लेख्न पत्रकार यि बालक डेढ वर्ष हैन २७ महिना भए । र तपाईले भनेको पजेरो देखाईदिन पर्यो ! नभए यि अबोध बालकलाई अन्याय गर्ने तपाई जस्ता भाडाका पत्रकारलाई कुनै अधिकार छैन । तपाईहरुको पेसा यहि हो ?? #

कमेन्ट गर्नुहोस्

error: Content is protected !!