सेजन अध्यक्षमा आचार्य निर्वाचित

164 पटक पढिएको

काठमाडौं, भदौं १६। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन ।

राजधानीमा शुक्रबार सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रामराजा श्रेष्ठले ८८ मत प्राप्त गरे ।

महासचिवमा भीमप्रसाद गौतमले १०६ प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी जनार्दन बरालले ७० र अर्का उम्मेदवार अनुजराज ढुंगेलले ४९ मत प्राप्त गरे । सचिव सुजन ओलीले १३० मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नवीन अर्यालले ९२ मत प्राप्त गरे । कोषाध्यक्षमा भागवत भट्टराईले १२३ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी सरस्वती ढकालले ९८ मत प्राप्त गरिन ।

त्यसैगरी सदस्यमा एलिजा उप्रेती १५७, हिमाल पौडेल १४५, सागर घिमिरे १२८, कृष्ण रिजाल १०९ र शिव बोहोरा ९९ मतका साथ विजयी भएको निर्वाचन समितिका संयोजक डा सुरेश आचार्यले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्षले पत्रकारको क्षमता विकास गर्न तालिम तथा अन्य गतिविधिलाई बढावा दिने र आर्थिक पत्रकारलाई मुलुकको अर्थतन्त्रको सन्दर्भ सामग्रीका रुपमा समेत विकास गर्न पहल गरिने बताए ।

अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’मा कार्यरत आचार्य ११ वर्षदेखि आर्थिक पत्रकारितामा क्रियाशील छन । अंग्रेजीमा स्नातक आचार्य सेजनका सदस्य, महासचिव, उापध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएका हुन ।रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  स्थानीय चुनाव गर्न १३ अर्ब खर्च