एमालकै पुराना नेता भन्छन्: ‘ओली भारतको एक नम्बरको दलाल हो’ (भिडियो)

407 पटक पढिएको

काठमाडौं, भदौ १७ । नेकपा एमालेका पूराना नेता तथा सांसद रामचन्द्र झाले एमाले अध्यक्ष केपी शर्मा ओली ‘राष्ट्रघाती’ नेता भएको टिप्पणी गरेका छन् ।

नेपाल आजसँगको अन्तर्वार्तामा नेता झाले भारतको विरोध गरेर राष्ट्रवादी कहलिएका ओली ‘राष्ट्रघाती’ नेता भएको बताए । ‘महाकाली सन्धी हुँदा कम्युनिष्ट नेताहरुमा भारतीय दलाल को भनेर एक नम्बरमा केपी ओलीको नाम आउथ्यो । राष्ट्रघाति महाकाली सन्धि गरेकै कारण, योगेश भट्टराई, वामदेव गौतम, घनश्याम भुषालहरुले अलग पार्टी गठन गरेको कुरा यथार्थ नै छ,’ उनले भने ।

नेता झाले संविधान संशोधन राष्ट्रवादी छ कि राष्ट्रघाति भन्ने कुरा हरेक मधेसी जनतालाई थाहा भएको र ओलीलाई पाठ पठाउन पनि सक्षम रहेको तर्क गरे ।

हेर्नुस् भिडियोः

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सकियो बैठक, जुटेन सहमति !