९ करोड कर नतिर्ने अन्सारी एमालेबाट मेयर उम्मेद्वार

258 पटक पढिएको

वीरगञ्ज,भदौ १९ । वीररगञ्ज महानगरपालिकालाई ९ कराेड कर तिर्न अडेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेद्वार बनाएको छ । अन्सारी वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन् ।

बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारीले मेयरका उम्मेद्वार भएपछि आफूले कलेजको प्रबन्ध निर्देशक पद छोडिसकेको बताएका छन् ।

कलेज सञ्चालक बोर्डका सदस्यसमेत रहेका अन्सारी मेयरको उम्मेद्वार बनेर मैदानमा उत्रिएपछि उनले महानगरपािलकाले कर नतिरेको विषयलाई लिएर स्थानीय बासिन्दाले टिप्पणी गर्न थालेका छन् । ‘महानगरपालिकाको कर नतिर्ने व्यक्ति मेयरकालागि चुनाव लड्न लागेको देख्दा अचम्म लागेको छ,’ युवा अभियानकर्ता आसु सर्राफले भने, ‘उनले मतदातालाई मुर्ख ठानेका हुन् कि आफूलाई धेरै बाठो, बुझ्न गाह्रो भयो ।’

तत्कालीन उपमहानगरपालिका कार्यालयले पटकपटक ताकेता गरे पनि नेसनल मेडिकल कलेजले अटेरी गरी घरजग्गा कर नतिरेको हो । महानगरपालिका कार्यालयका अनुसार नेसनल मेडिकल कलेजले तिर्नुपर्ने ९ करोड २ लाख ४७ जार ९ सय ९६ रुपैयाँ ४३ पैसा घरजग्गाबापतको कर बक्यौता छ ।

नागरिकबाट 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  संगीत संघमा विवाद चुलियो, उपाध्यक्ष र सचिव सहित बहुमत सदस्यले दिए राजीनामा